[ मिलन दोङ तामाङ ]
क्वालालम्पुर ( मलेसिया ):= मलेसियास्थित सामाजिक सुरक्षा कोष “सोक्सो” PERKESO (Social Security Organization) ले नेपाली कामदारहरूलाई लक्षित गरी “Work With Ease, Feel At Peace With PERKESO”भन्ने नारासहित निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ।
उक्त सेमिनार २०२५ अगस्ट २४ तारिख आइतबार, विस्मा PERKESO, Jalan Tun Razak, Kuala Lumpur मा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रममा सहभागी नेपाली कामदारहरूलाई निःशुल्क खाजा तथा खानाको व्यवस्था गरिएको छ।
सेमिनारको उद्देश्य मलेसियामा कार्यरत नेपाली कामदारहरूलाई सोक्सो PERKESO सेवा, सुरक्षाका अधिकार र कल्याणकारी योजनाहरूबारे जानकारी दिनु हो। सेमिनार मलेसिया सरकारको मानव संसाधन मन्त्रालय, PERKESO, नेपाली राजदूतावास र Merchantrade को सहकार्यमा सञ्चालन गरिनेछ।
कार्यक्रममा सहभागी हुनको लागि QR कोड स्क्यान गरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। थप जानकारीका लागि 03-8091 5238 मा सम्पर्क गर्न वा grp.bhgnAntarabangsa@perkeso.gov.my मा इमेल गर्न सकिनेछ।




















