विदेशीले नक्कली मलेसियाली ड्राइभिङ लाइसेन्स प्रयोग गरेको आरोपमा पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली सडक यातायात विभाग (JPJ) ले सम्पन्न गरेको ‘Ops Luxury 3.0’ अपरेशनमा एक विदेशी नागरिक नक्कली मलेसियाली चालक अनुमतिपत्र प्रयोग गरी विलासी गाडी चलाएको आरोपमा पक्राउ परेका छ्न ।

JPJ का वरिष्ठ प्रवर्तन निर्देशक मुहम्मद किफ्ली मा हसन का अनुसार, उक्त व्यक्ति दक्षिण एशियाली मुलुकका हुन् र अपरेशनको क्रममा पक्राउ परेका ९ जना विदेशी चालक मध्ये एक हुन्। ती सबैलाई विलासी गाडीमा सडक कर र बीमा नभएको लगायतका विभिन्न उल्लंघनमा पक्राउ गरिएको हो।

“सबैभन्दा गम्भीर उल्लंघन भनेको मलेसियाको नक्कली चालक अनुमतिपत्रको प्रयोग हो। यसबारे हामी विस्तृत अनुसन्धान गर्दैछौं र उक्त नक्कली अनुमतिपत्र कसरी प्राप्त गरियो भन्ने पत्ता लगाइनेछ,” उनले पत्रकार सम्मेलनमा भने।

किफ्लीले यस घटनामा सरकारी कागजात नक्कली बनाउने गिरोहको संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै, यसबारे विभिन्न कोणबाट गहिरो अनुसन्धान गरिने बताए। उनका अनुसार, अपरेशन गत बिहीबारदेखि सुरु भई हिजो सकिएको हो र समातिएका सबै विदेशी चालकलाई जरिवानाको नोटिस दिइएको छ। Bernama