गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते।

एजेन्सी:= भारतीय गायक तथा ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा पर्नुभएको छ । सोमबार बिहान करिब २ः३० बजे उत्तर प्रदेशको अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रको राष्ट्रिय राजमार्ग–९ मा उहाँ सवार कार दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कार दुर्घटना पर्नु भएका पवनदीपको अवस्था गम्भीर छ । पवनदीपको हात खुट्टासहित शरीरका विभिन्न भाग चोट लागेको छ ।उत्तराखण्डबाट दिल्लीतर्फ जाँदै गर्दा उनी सवार एमजी हेक्टर कार सडक किनारमा पार्क गरिएको कन्टेनरसँग ठोक्किएको थियो ।

दुर्घटनामा पवनदीप, उनका चालक राहुल सिंह बोहर र अर्का यात्रु अजय मेहरा गम्भीर घाइते हुनुभएको छ। तीनै जना उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुनुहुन्छ । दुर्घटना चालक निदाएका कारण कारले तीव्र गतिमा पार्क गरेर राखिएको कन्टेनरसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।