बंगलादेशको टी-२० टोलीको कप्तानमा विकेटकिपर ब्याटर लिट्टन दास।

एजेन्सी := विकेटकिपर ब्याटर लिट्टन दासलाई बंगलादेशको टी-२० टोलीको कप्तान बनाइएको छ । उहाँले युएई र पाकिस्तानविरुद्धको शृंखलामा टोलीको नेतृत्व गर्नुहुनेछ। लिट्टनले नज्मुल हुसेन शान्तोको स्थान लिनुहुनेछ । शान्तोले वर्षको सुरुमा आफ्नो कप्तानी जिम्मेवारी छाड्नुभएको थियो ।

लिट्टनले गत डिसेम्बरमा वेस्ट इण्डिजमा भएको तीन खेलको टी-२० शृंखलामा पनि बंगलादेशको नेतृत्व गर्नुभएको थियो । जसमा हृयामस्ट्रिङको चोटका कारण शान्तोले शृंखला गुमाउनुभएको थियो ।

बंगलादेशले घरेलु टोली वेस्ट इण्डिजविरुद्ध क्लिन स्विप गरेको थियो । लिट्टनले एक टेस्ट, सात एकदिवसीय र चार टी-२० अन्तर्राष्ट्रियमा बंगलादेशको नेतृत्व गर्नुभएको छ । तर, पहिलोपटक उहाँलाई कुनै पनि ढाँचामा पूर्णकालीन कप्तान नियुक्त गरिएको हो । एजेन्सी