बलिउड अभिनेत्री श्रद्धा कपूर बनिन् बलिउडका महँगा महिला कलाकार।

मुम्बई:= बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिनुभएको थियो । यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिनुभएको छ । पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि माग्नुभएको छ । जसअनुसार उहाँले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउनु हुनेछ। यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो। तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ ।