आईपीएलमा राजस्थान रोयल्सको फराकिलो जित, १४ वर्षिय वैभव सूर्यवंशीले १०१ रन बनाए।

एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपीएल)को ४७औं खेलमा राजस्थान रोयल्सले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सले  गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गरेको हो । गुजरातले दिएको एक सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो ।

उसका लागि १४ वर्षका किशोर ओपनर वैभव सूर्यवंशी १०१ रन बनाएर आउट हुनुभयो । उहाँलाई प्रसिद्ध कृष्णाले बोल्ड गर्नुभयो । १४ वर्षका वैभवले १७ बलमा अर्धशतक र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँ आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्नुभएको छ ।

उहाँले १८औं सिजनमा सबैभन्दा कम बलमा अर्धशतक पनि बनाउनुभएको छ । उहाँ सबैभन्दा कम बलमा शतक बनाउने भारतीय खेलाडीसमेत बन्नुभयो । समग्रमा हेर्दा उहाँले दोस्रो सबैभन्दा छिटो शतक प्रहार गर्नुभएको हो ।यस्तै यशस्वी जायसवालले ७० रन बनाउँदा नितीश राणाले ३५ रनको योगदा दिनुभयो । गुजरातका प्रसिद्ध कृष्णा र रासिद खानले एक एक विकेट लिनुभयो ।

त्यसअघि सवाई मानसिंह रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २१० रनको लक्ष्य दिएको थियो । जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थानले बलिङ रोजेको थियो। गुजरातले ४ विकेट गुमाएर २०९ रन बनायो।

शुभमन गिलले ८४ र जोस बटलरले ५० रन बनाउनुभयो। राजस्थानबाट महिश तीक्षणाले २ विकेट लिनुभयो भने सन्दीप शर्मा र जोफ्रा आर्चरले १, १ विकेट लिनुभयो ।हारपछि पनि गुजरात तेस्रो स्थानमा यथावत् छ भने राजस्थान आठौं स्थानमा छ ।


Photo by Arjun Singh / Sportzpics for IPL

आईपीएललको दोस्रो छिटो शतक
सूर्यवंशीको शतक आईपीएलको दोस्रो छिटो हो। यस भन्दा अघि सन् २०१३ को आईपीएलमा क्रिस गेलले पुने वारियरविरुद्धको खेलमा रोयल च्यालेन्जर बंगलोरुका लागि ३० बलमा नै शतक प्रहार गरेका थिए।

गेलले ईश्वर पाण्डेको एउटै ओभरमा २१ तथा मिचेल मार्सको ओभरमा २८ रन प्रहार गर्दै १७ बलमा अर्धशतक प्रहार गरेका थिए। उनले एरोन फिन्चको एउटै ओभरमा २९ रन प्रहार गरेपछि नवौँ ओभरमा शतक पुरा गर्न सफल भएका थिए। १७५ रनमा अविजित रहेका उनले बलिङ गर्ने क्रममा दुई विकेट समेत लिएका थिए।

त्यो खेलपछि १४ वर्षीय सूर्यवंशी पुरुष टी-२० मा सबै भन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रूपमा समेत कीर्तिमान राख्न सफल भए। उनले आईपीएलमा भने तेस्रो खेलमा नै शतक प्रहार गरेका हुन्।

वैभव भन्दा अघि आईपीएलमा सबै भन्दा छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी युसुफ पठान थिए। सन् २०१० मा पठानले ३७ बलमा शतक प्रहार गरेका थिए। मुम्बईले दिएको २१३ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि ५७ बलमा १४३ रन आवश्यक थियो। त्यस पछिको ११ बलमा उनले ५४ रन प्रहार गरेका थिए।

उनले अलि मुर्ताजाको एउटै ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए। त्यस पछिको लगत्तैको ओभरमा उनले आर सतिसको एउटै ओभरमा २४ रन प्रहार गरेका थिए। त्यस समयमा उनले आईपीएलको सबै भन्दा छिटो शतकको रूपमा कीर्तिमान कायम गरेका थिए।

उनी रन आउट हुँदा राजस्थानका लागि १७ बलमा ४० रन आवश्यक थियो। सो टोली चार रनले पराजित भयो। राजस्थान कप्तान सेन वाटसनले त्यस समयमा आफूले देखेको मध्य सीमित ओभरको क्रिकेटको सबै भन्दा उत्कृष्ट पारीको रूपमा व्याख्या गरेका थिए।

यो अभूतपूर्व सफलता पछि सूर्यवंशीले यशस्वी जयसवालले दिएको आत्मविश्वास नै मुख्य कारण भएको बताए। उनले बलरको परिचय भन्दा बढी बलमा ध्यान गएको बताए।