काठमाडौं := बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने भन्दै सम्पर्क विहीन भएकी एक महिला पक्राउ परेकी छन् ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ पर्नेमा मोरङ कानेपोखरी वडा नं २ की वर्ष ५१ की मुना कार्की रहेको प्रहरीले जनाएको छ ।
उनले कोरिया लैजाने भन्दै तीन लाख चालिस हजार ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई काठमाण्डौं महानगरपालिका वडा नं १२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।




















