मलेसियामा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा “बुलेट आमा”लाई स्वागत सम्मान सम्पन्न।

क्वालालम्पुर (मलेसिया):= प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज पोट्क्लाङ र ब्यावसायीहरु द्वारा आईतवार पोर्टक्लाङस्थित गाउले रेष्टुरेन्ट मा प्रवासी नेपाली हातेमालो काल्याण्कारी समाज र नेपाली ब्यावसायीहरुको संयुक्त आयोजनामा आयोजित नयाँ बर्षको सुभकामना आदानप्रदान तथा बुलेट आमालाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

हातेमालो काल्याण्कारी समाजका अध्यक्ष पुरूषोत्तम कार्की ढोलीको सभापतित्वमा सम्पन कार्यक्रम मा प्रमुख अतिथी सुशिला तिवारी उर्फ बुलेट आमा , विशेष अतिथीको रुपमा युवा ब्यवसायी तथा समाजसेवी नेत्रप्रसाद अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा स्थानिय कलाकार हरुले आफ्नो कला प्रस्तुत लगाएत सुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रम आयोजक हातेमालो काल्याण्कारी समाजले सबैलाइ सम्मानगर्दै सम्मान पत्र प्रदान गरेका थिए । आफुलाई नेपाली समाजले मलेसियामा दिएको सम्मान र माया सरहानिय रहेको बताउदै कार्यक्रम आयोजक लाई प्रमुख अतिथी सुशिला तिवारी उर्फ बुलेट आमाले धन्यवाद ज्ञापन गरेकी थिइन ।

कार्यक्रम लाई समापन गर्दै कार्यक्रमका सभापति पुरूषोत्तम कार्की ढोलि ले हातेमालो काल्याण्कारी समाजलाई सबैले मिलेर अगाडि लैजान व्यावसायि साथिहरु गोल्बद्व भएर पारस्परिक सहयोग भाव राखेर अगाडि बड्नु पर्ने बताउदै आगामी दिन हरुमा पनि सबैको साथ सहयोग रहनुपर्छ भन्दै कार्यक्रम लाई सहयोग गर्नुहुने सहयोगि स्पोन्सर हरु, कलाकार पत्रकार , उपस्थित सबैलाइ धन्यवाद दिदै कार्यक्रम बिसर्जन गर्नुभएको थियो ।