काठमाडौं := पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएर पनि नेपालमा बस्दै आएका २४ बंगलादेशी काठमाडौंबाट पक्राउ परेका छन्। गैरकानुनी रूपमा नेपालमा बस्दै आएका उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।
उनीहरु डल्लु र सीतापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका २४ जनालाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।




















