कप्तान पौडेल र यादवको उत्कृष्ट ब्याटिङमा लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको विशाल लक्ष्य।

काठमाडौं := नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको विशाल लक्ष्य दिएको छ। टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोड्यो। लुम्बिनीका लागि सर्वाधिक रन कप्तान रोहित पौडेलले बनाए। कप्तान पौडेलले दुई छ्क्का र चार चौकाको मद्दतले ४६ रन बनाए। विवेक यादवले ७ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।

आशुतोष घिरौया २ चौका र १ छ्क्का हान्दै १२ बलमा १५ रन बनाउँदै पेभेलियन फर्किए। ३.१ ओभरमा उनी रन आउट भएका थिए। ७.२ ओभरको खेल हुँदा  लुम्बिनिको ६४ रन पुगेको थियो। तर अर्जुन साउद आउट भए।  १९ बल खेलेका साउद १७ रन बनाउँदै आलम इस्मातुल्लाहको बलमा आउट भएका हुन्। उनले तीन चौका प्रहार गरे। लगत्तै टम मुर्स पनि प्रतिश जिसीको बलमा रन आउट भए। उनले एक छक्का र ३ छ्क्काको मद्धतले १६ बलमा ३० रन बनाए।

सन्दीप जोरा १३ बलमा १२ रन बनाउँदै रन आउट भए। उनलाई निकोलस किर्तनले आउट गरेका हुन। साफ जफरलाई कप्तान सन्दिप लामिछानेले आउट गरे।  १३ बलमा १५ रन बनाएका उनलाई लामिछानेको बलमा मार्टिन गुप्टीलले आउट गर्दै पेभेलियन फर्काए।  लगत्तै बेन कटिङ ६ बलमा ६ रन बनाउँदै रन आउट भए।

विराटनगरबाट सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले समान एक एक विकेट लिए। लुम्बिनीले एक्स्ट्रा रन मात्र २९ प्राप्त गर्यो । एनपिएलमा विराटनगर यसअघिका दुवै खेलमा पराजित भएको छ भने लुम्बिनीले आफ्नो पहिलो खेल खेलेको हो।