काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ। वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो।
पर्सा जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान थाल्न आज प्रहरीलाई अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी गराए । लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ।
यसअघि लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान चलिरहेको छ। लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकै बेला प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ।
हिजो बिहिवारनै उनलाई चितवनमा लगेर बयान लिने कार्य भइरहेको छ। चितवनपछि उनलाई पर्सामा बयानका लागि लगिने छ। यसअघि रुपन्देही र काठमाडौँमा लगेर बयान लिइसकिएको छ।




















