फोनिज मलेसियाको दोस्रो अधिवेशन सम्पन्न, को-को भए निर्वाचित ?

क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन-२०२४ कार्यक्रम सम्पन्न भएको छ ।

फोनिज मलेसियाको दोस्रो अधिवेशन कार्यक्रम जनवरी २५ तारिख बिहिवार ग्रेण्ड कन्टिनेन्टल होटलमा सम्पन्न भएको हो । अधिवेशनमा आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू , जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहनेगरि निर्वाचन कमिटी गठन गरिएको थियो ।

नव निर्वाचित फोनिज मलेसियाको कार्यसमिति

सो निर्वाचन कमिटीमा विभिन्न पदको लागि दर्ता भएको नमावलीलाई घोषणा गरे अनुसार फोनिज मलेसियामा सर्वसम्मत १३ सदस्यी नयाँ कार्यसमिति निर्वाचित भएका छ्न । जसको अध्यक्षमा अर्पण मगर “बुद्ध” , उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु) , सचिव ईश्वर राई , सह-सचिव (महिला) श्रष्टि सुनुवार , कोषाध्यक्ष मिलन दोङ् तामाङ , सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ , जुद्दा चौधरी , सुर्या घर्ती मगर , सन्तोष थामी , यज्ञ कुमार राई , बिन्दु दर्लामी मगर , शाही कुमार तामाङ , सन्तोष राई निर्वाचित भएका हुन् ।

दोस्रो अधिवेशनका प्रमुख अतिथि गजुरधन राई ले मन्तव्य राख्नुहुँदै ।
नेपाल आदिवासी जनजाती महासंघ मलेसिया अध्यक्ष बिपिन राई लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै ।

यस्तै फोनिज मलेसियाको संरक्षकमा बिपिन राई , सल्लाहकार हरुमा क्रमशः सुन्दर आले मगर , दिल केरुङ लिम्बु जीवन देवान गाउँले रहेका छ्न ।

आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्व , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यता , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी , रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघसंस्थाका अध्यक्ष , पदाधिकारी हरुको आतिथ्यता र नेपाली श्रमिकहरु को सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सभापतित्व गर्नुभएका घनश्याम चौधरी “आरएन” ले मन्तव्य राख्नुहुँदै ।

इश्वर राईले संचालन गरेको उक्त अधिवेशन कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथि , विशेष अतिथि , अतिथि लगायतले फोनिज मलेसियाको अधिवेशनबाट निर्वाचित नव कार्यसमिति लाई सफल कार्यकालको निम्ति बधाई तथा शुभकामना दिएका थिए ।

फोटोमा फोनिज मलेसियाको नव अध्यक्षमा निर्वाचित अर्पण मगर लगायत पदाधिकारीले प्रमाणपत्र ग्रहण गर्नुहुँदै ।