चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक, ट्रेलरमा प्रेम र कमेडी भिडियो सहित।

काठमाडौं := चलचित्र ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटको ट्रेलरमा प्रेम र कमेडीको स्वाद छ । दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम र सौगात मल्लको ‘बोत्तल राजा’ अवतार ट्रेलरमा देखिन्छ । ट्रेलरमा भूकम्प, बेरोजगारी र राजनीतिक कथालाई पनि उठाइएको छ ।

यही माघ २६ गतेदेखि सिनेमाघरमा आउन लागेको यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको हो । चलचित्रमा बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतको अभिनय छ ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, उज्ज्वल सागर र आशिषको संगीत, हर्क साउदको शब्द रचना तथा रामजी लामिछानेको कोरियोग्राफी छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको निर्मातामा पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ हुनुहुन्छ भने कार्यकारी निर्मातामा सरोज नेपाली रहनुभएको छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :