मलेसियाको क्वालालम्पुरमा आज नेपाल जनसम्पर्क समिती मलेसियाकाले समितिका सभापति चोला कान्त पंगेनीको अध्यक्षतामा नियमित मासिक बैठक सम्पन्न गरेको छ ।
नेपाली जनसम्पर्क समिती मलेसियाको नियमित मासिस बैठकमा श्रमिक हरुका समसामयिक समस्या सम्बोधन लाई तथा जनसम्पर्क समितीलाई थप ससक्त बनाउदै लैजानका लागि छलफल भएको सम्पर्क समितिका सभापति चोला कान्त पंगेनीले जानकारी दिनुभयो ।
उक्त बैठक बाट कार्यसमितिका सदस्यलाई थप जिम्मेवारी दिदै सातै प्रदेश सङ मलेसियास्थित सम्पर्क समितिलाई जोड्ने उदेश्यले प्रदेश बिभाग संयोजक चयन गरेको सभापति चोला कान्त पंगेनीले बताउनुभयो।
१. प्रदेश १ गोबिन्द लिम्बू मोरङ्ग
२.प्रदेश २ राम कुमार यादब शिराह
३.प्रदेश ३ धर्माराज थापा काब्रे
४.प्रदेश ४ रुकेश गाहा मगर स्याङ्जा
५. प्रदेश ५ रमेश भण्डारि अर्घाखाँची
६.प्रदेश ६ दिपेन्द्र शाही सुर्खेत
७. प्रदेश ७ टेक बहादुर टमटा डडेलधुरा

बैठकमा नव मनोनीत प्रदेश बिभाग संयोजकहरुलाइ बधाइ दिदै जनसम्पर्क समिति मलेसियाको रिक्त रहेको सह कोषाध्यक्ष पदमा श्री इन्द्र भण्डारि लाई कार्यसमितिले मनोनित गरेको सम्पर्क समितिका प्रबक्ता लाल बहादुर खड्काले जानकारी दिनुभयो ।




















