प्रवासी नेपाली मञ्च मलेसिया मलाक्का राज्य कमिटी गठन, अध्यक्षमा बेद प्रसाद भण्डारी।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले पछिल्लो समय मलेसियाको विभिन्न राज्यमा आफ्नो संगठन विस्तार को कामलाई तीव्रता दिइएको छ ।

राज्य कमिटी गठन र विस्तारको क्रममा प्रवासी नेपाली मञ्च मलेसियाले आज मिति सन २०२४ जनवरी ७ तारिखका दिनको दिन मलाक्कामा पनि आफ्नो कमिटी विस्तार गरेका छ्न ।

मलाक्कास्थित होटेल हिमालयन तन्दुरीको सभाहलमा तमु पुनको अध्यक्षता र प्रवासी नेपाली मञ्च मलेसियाको केन्द्रिय अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यता तथा मञ्चका केन्द्रिय सदस्य राजेन्द्र बहादुर क्ष्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न भएको एक भेलाले बेद प्रसाद भण्डारीको अध्यक्षतामा २५ सदस्यीय मलाक्का राज्य कमिटी गठन सम्पन्न गरिएको सचिव खडकाले बताए ।

नबनिर्वाचित मलाक्का राज्य कमिटीको पदाधिकारीहरुमा क्रमशः अध्यक्ष पदमा बेद प्रसाद भण्डारी , उपाध्यक्ष -ग्याबिन्द्र  राई , उपाध्यक्ष – प्रेम बहादुर वली , सचीव – तमु बहादुर पुन , सहसचिब -लेखनाथ बि क , सहसचिब -धनसिह घिसिङ रहेका छ्न ।

त्यस्तै सदस्यहरुमा क्रमशः राम दास , इस्वरी सापकोटा , टेक ब बुढा मगर , सुरज गुरुङ , षडानन्द सुबेदी , दिल ब बि क , लेखराज राना मगर , बिमल तामाङ , प्रकाश सुनार , शेर बहादुर राना , सरोज राई टीकाराम बिक , , कृष्ण बहादुर श्रेष्ठ , दीपेन्द्र कुमार लामा , आकश तामाङ , चन्द्र बहादुर तामाङ , यमलाल बिक , नर बहादुर बिक , सन्तोष बिक रहेको केन्द्रिय सचिव खड्काले बताए ।

राज्य कमिटी गठन कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव कृष्ण बहादुर खड्कालेनै गरेका थिए । कार्यक्रममा नेकपा एमाले पार्टीप्रति आस्थावान कैयौं नेपाली श्रमिक लगायत ब्यावसायीहरुको सहभागिता रहेको थियो ।