काठमाडौं:= नाटक ‘पगला घोडा’ मञ्चन हुनेभएको छ । थिएटर आकारको प्रस्तुतिमा मण्डलामा ‘पगला घोडा’ मञ्चन हुने भएको हो ।
भारतीय नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । यही पुस १२ गतेबाट माघ ६ गतेसम्म सोमबारबाहेक हरेक दिन मञ्चन हुनेछ । शनिबार दुई शोज राखिएको जनाइएको छ ।
नेपाली अनुवाद शिव खाँड ठकुरीले गर्नुभएको नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । कलाकारहरू प्रमोद अग्रहरि, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारीलगायतको अभिनय नाटकमा रहनेछ ।
पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्ने क्रम बढेको छ । यही संवेदनशील विषयवस्तुलाई दर्शकमाझ प्रस्तुत गर्दै सचेत गराउन नाटकको परिकल्पना गरिएको बताइएको छ ।




















