काठमाडौं := कमला मगर र खेम सेञ्चुरीको स्वरमा रहेको लोकदोकोरी गीत ‘यो मेरो पिरती’ सार्वजनिक भएको छ। रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन एवं कोरियोग्रफी रहेको गीतको भिडियोमा पुष्प खड्का र कविता नेपालीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई कमला मगर अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गोरखा-४ आरुघाटकी कमला मगरले गायनमा यो गीतमार्फत डेब्यु गर्नुभएको हो । आफ्नो पहिलो कोसेलीका रूपमा आएको गीतलाई दर्शक तथा स्रोताले दिएको सकारात्मक प्रतिक्रियाले खुशी तुल्याएको उहाँले बताउनुभयो । आफूले यसपछि पनि निरन्तर गीतसंगीतमा समय दिने र छिट्टै अर्को गीतका लागि तयारी भइरहेको उहाँको भनाइ थियो ।




















