मलेसियामा कम्पनीमा काम गर्दै आएका नेपाली श्रमिक गुरुङको सुत्यासुत्यै अवस्थामा मृत्यु।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाको पेनाङ राज्यमा एक  म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका एकजना नेपाली श्रमिकको सुत्यासुत्यै अवस्थामा अच्चानक मृत्यु  भएको छ ।

पेनाङमा अवस्थित युनाइटेड मालायान फ्लुर एसडिएन बिएचडी ( United Malayan Flour (1996) Sdn Bhd ) नामक कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना गाेरखा जिल्ला थालाजुङ्ग न.पा वडा न ४ स्थाई ठेगाना भएका ३८ बर्षिय नेपाली श्रमिक सुवास गुरुङको रातीको समयमा सुतेकै अवस्थामा छटपटाउँदै अच्चानक अकस्मात मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली श्रमिक महेन्द्र अर्यालले मलाया खबरलाई बताए ।

अर्यालले दिइएको जानकारी अनुसार स्वास्थ्य अवस्था पनि ठिकै रहेका गुरुङ यहीँ मिति सन् २०२३ नोभेम्बर २९ तारिख रातिको समयमा राम्रैसंग खाना खाएर सुतेको तर ३० तारिख बिहानै करिबकरिब ०३:०० बजेतिर गुरुङको अच्चानक मृत्यु भएको जानकारी दिए ।

गुरुङ सो कम्पनीमा बिगत ८ बर्षदेखि कार्यरत रहेका थिए। गुरुङ हालसालै ६ महिना अगाडि नेपाल विदामा गएर घरपरिवार संग भेटघाट गरेर पुनः मलेसिया आएका थिए ।

मृतक गुरुङको घरमा श्रीमती र छाेरि रहेकाे छ ।
हाल कम्पनीको सहयोग समन्वयमा मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको र पोस्टमार्टम सकिएपश्चात् दूतावास अनि कम्पनीको समन्वयमा मृतक गुरुङको शव अन्तिम दाहसंस्कारको लागि नेपाल पठाइने अर्यालले जानकारी दिए ।

advertise