एनआरएनए जोहोर, प्रवासी नेपाली मञ्च लगायतको सहयोगमा पीडित चौधरी मलेसियाबाट स्वदेश फर्किए।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर , जोहोरस्थित  नेपाली ब्यावसायी र प्रवासी नेपाली मचं मलेसियाको सहयोगमा मानसिक संतुलन बिग्रेका माहादेब चौधरि मलेसियादेखि नेपाल फर्किएका छ्न ।

नेपालको उदयपुर जिल्ला हडिया-५ निवासी मानसिक संतुलन कमजोर रहेका चौधरी बिगत लामो समयदेखि मलेसियामा अबैधानिक हैसियतमा रहि सडकमा भौतारि रहेका थिए ।

सोही चौधरीलाई स्वदेश फर्काउन एनआरएनए जोहोर  क्षेत्रीय समितिले जोहोरस्थित समाजसेवी,ब्यापारी साथै प्रवासी नेपाली मचं मलेसिया लगायतको संघसंस्था र व्यक्तिहरु संग समन्वय गरि उदार गरेर गत नोभेम्बर २४ तारिखको दिननै स्वदेश फर्काइएको हो, एनआरएनए जोहोर क्षेत्रीय समितिका सचिव छविलाल गिरिले जानकारी दिए ।

चौधरीलाई स्वदेश फर्काउन नेपाली दूतावासले निशुल्क ट्राभल डकुमेन्ट उपलब्ध गराएका थिए , त्यस्तै प्रवासी नेपाली मञ्चले हवाई टिकट सहयोग गरेका थिए, भने  अवैधानिक बसे बापत्तको जरिवाना रकम तिर्न सहज होस् भनि एनआरएनए जोहोर समितिले आरएम ८६५ रिंगेट , ब्यापारी अनिल पाण्डेले आरएम ७०० , एनआरएनए एनसिसि मलेसियाका प्रथम उपाध्यक्ष राकेश महतोले आरएम ५०० , सगरमाथा मिनि मार्केटले आरएम ४०० , व्यापारी विजय बिसिले आरएम ८०० र एनआरएनए जोहोर समितिको सक्रिय सदस्य बिनोद भण्डारीले आरएम ५०० रिंगेट सहयोग गरेका थिए ।

एनआरएनए जोहोर क्षेत्रीय समितिले आफ्नो स्थापनाकाल देखीनै मलेसियामा विशेषगरि जोहोर क्षेत्रमा रहेका पीडित नेपाली श्रमिकहरु लाई उद्दार गर्दै स्वदेश फर्काउदै आएका छ्न ।

advertise