[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस पार्टीको प्रवास संगठन “नेपाली जनसम्पर्क समिति मलेसिया” ले नेपालमा भुकम्प पीडितलाई सहयोग हेतु संकलित आर्थिक सहयोग रकम प्रदान गरेका छ्न ।
केहि समय पहिले जाजरकोट र रुकुम् मा गएको भुकम्प पीडित हरुको सहायता तथा सहयोग का लागि भनि २४ कर्तिक् २०८० को दिन नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यालयबाट प्राप्त पत्र अनुसार नेपाली जनसम्पर्क् समिती मलेसियाले आफ्नो समिति भित्र रहेका पदाधिकारीहरु बाटै स्वच्छिक आर्थिक संकलन गरि जम्मा गरेको नेपाली रु. १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन ।
सो सहयोग रकम भुकम्प पीडितलाई भनी नेपाली कांग्रेस पार्टीले खडा गरेको बिपत बेवस्थापन् कोषमा जम्मा गरिदिएको जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले मलाया खबरलाई जानकारी दिएका छ्न ।
नेपाली जनसम्पर्क समिति मलेसियाले आफ्नो स्थापना कालदेखि नै यहाँ रहेका पीडित नेपाली श्रमिकको उद्दार गर्ने मात्र नभैइ नेपालमा आईपर्ने बिपत्तको बेला पनि सक्दो आर्थिक , भौतिक सहयोग गर्दै आएका छ्न ।




















