एनआरएनए एनसिसि मलेसियाद्वारा आर.सी. पदमा विजयी भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त।।

क्वालालम्पुर( मलेसिया ):= गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको ११औं महाअधिवेशनबाट एसिया प्यासिफिक क्षेत्रीय संयोजक आर.सि. पदमा निर्वाचित हरि प्रसाद भट्टराईलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि मलेसियाले बधाई तथा शुभकामना व्यक्त गरेका छ्न ।

आईसिसिको ११औं महाअधिवेशन गत महिना अक्टोबरमै सम्पन्न भए ता पनि एनसिसि मलेसियाले आरसी पदमा विजयी भएका भट्टराईलाई बधाई तथा शुभकामना दिन केहि समय ढिलाइ गरेका छ्न ।

एनसिसि मलेसियाकै नेतृत्व गरेर निर्वाचित भए पनि ढिलो बधाई , शुभकामना पाउनुको कारण भने ११ औं महाअधिवेशनको मत परिणाम पछि अध्यक्षमा बद्री केसि निर्वाचित भए पछि अर्को आरके शर्मा पक्षले सामानन्तर कमिटी बनाए पछिको बिवादले ढिला बधाई दिन पुगेको जनमानसको बुझाई छ।

आर.सि. भट्टराईले यस अघि २०१९ -२०२१ मा एनसिसि मलेसियाको अध्यक्ष हुँदै २०२१- २०२३ मा एसिया प्यासिफिक क्षत्रीय उप-संयोजक (DRC) रहेर काम गरिसकेका थिए ।

त्यस्तै एनसिसि मलेसियाको अध्यक्ष हुँदा भट्टराईले ब्यक्तिगत रुपमा आफ्नो तर्फबाट मलेसियान रिंगेट ५०,०००/- ( पचाँस हजार ) रिङ्गेट दिएर श्रमिक कल्याणकारी कोष खडा गरेका थिए । जसबाट मलेसियामा पीडित हजारौं नेपाली श्रमिकको उद्वार हुनुको साथै तथा राहत प्राप्त गरेको थियो ।

एनसिसि मलेसियाले अहिलेसम्म पनि कोषमा जम्मा रहेको सोही रकमबाट श्रमिकका समस्या समाधान गर्दै आएका छ्न । भट्टराईले ब्यक्तिगत रुपमा श्रमिकहरुको लागि एनआरएनए एनसिसि मलेसियामा स्थापना गरेको श्रमिक कल्याणकारी कोष अहिलेसम्मकै मलेसियाको ठुलो र पहिलो कोष हो । सोही कोषको रकमबाट जेल जीवन बिताईरहेका हजारौं श्रमिकलाई टिकट सहयोग गरेर स्वदेश फर्काइएको थियो ।

अफ्ठ्यारोमा परेका श्रमिक हरुलाइ सहयोग गर्दै आएका भट्टराई कोभिड-१९ को पेन्डामिक समयमा होस या श्रमिकलाई अफ्ठ्यारो परेका अबस्थामा होस वा श्रमिकको हक अधिकार सुनिश्चित गराउने सवालमा होस कसैसङ सम्झोता नगरि काम गर्ने ब्यक्ति को रुपमा मलेसियामा चिनिनुहुन्छ ।

साथै भट्टराई एनआरएनए एनसिसि मलेसियाको कार्याकालमा संघको अध्यक्ष रहेको बेला आफ्नै अफिस कार्यालय स्थापना गरि अफिस ब्यवस्थापन गरेका थिए । यस् कारण पनि भट्टराई मलेसियामा सबैको सर्बप्रीय छ्न।