काठमाडौं:= अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । २८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनको मृत्युको कारण खुलिसकेको छैन ।
२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् ।



















