सुदूरपश्चिमेली नेपाली समाजद्वारा भुकम्प पीडितलाई राहत सामाग्री सहयोग प्रदान।

बझाङ:= बिगत १ महिनादेखि लगातार रुपमा बझाङ जिल्लामा गैइरहेको भूकम्पले गर्दा धनजनको क्षेती भैइ घरबार विहिन अवस्थामा रहेका पीडित घरपरिवार हरू लाई सुदूरपश्चिमेली नेपाली समाज संस्थाद्वारा राहत सामाग्री सहयोग हस्तान्तरण गरेका छन् ।

केही हदसम्म भएनी भुकम्पबाट पीडित नेपालीहरुको घाउमा मल्हम लगाउने , सहयोग गर्ने उद्देश्यले “सुदूरपश्चिमेली आपतकालीन राहतकोष” मार्फत देश तथा विभिन्न अन्तर्राष्ट्रिय देशमा रहेका सुदूरपश्चिमेली नेपाली समाज संस्थाद्वारा संकलित रकमबाट बाच्नलाई अतिआवश्यक सामाग्री खरिद गरि बितरण सम्पन्न गरिएको अभियानका उप-संयोजक एवम् अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष राज बहादुर साउँदले बताउनुभयो ।

भुकम्प गैइरहेको जिल्लाहरुमा सक्दो सहयोग गर्नलाई सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, सुदूरपश्चिम विपद व्यवस्थापन समिति अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष धर्म राज पाण्डेको संयोजत्वमा गठन गरिएको थियो। जसको उप-संयोजकमा कोषाध्यक्ष राज बहादुर साउँद रहनु भएको थियो ।

अभियानको संयोजकलाई नेपाल फर्किन समय नमिलेपछि हाल थाइल्यान्डलाई कर्मथलो बनाएर बसोबास गरिरहेका उप-संयोजक साउँद आफैं नेपाल फर्केर प्रत्यक्ष रूपमा संलग्न भई पीडित हरुलाई राहात सामाग्री वितरण गरेका हुन ।

राह सामाग्री बितरण बझाङको थलारा, वडा नं ७ मा (४ केजीका) १६० थान ब्ल्यांकेट, अध्यक्ष कृष्ण सार्की सहित सम्पूर्ण वडा सदस्यको उपस्थीतमा वडा कार्यालयमै गाउँलेलाई उपस्थित गराई वितरण गरिएको थियो ।

त्यस्तै बुङ्गल, वडा नं ५ मा (४ केजीका) १२ थान ब्ल्यांकेट, श्री केदार आ.वि. सिम विउनाडा का प्रधानाध्यापक शंकर नाथ ज्यु काे उपस्थितिमा, तारा धामीकाे सहकार्यमा गाउँमै बितरण गरिएको थियो ।

त्यस्तै बुङ्गल, वडा नं २ मा (१२×१८ का) ४० थान त्रिपाल, अध्यक्ष विरे धामी, सचिब धन वहादुर धामी, सहित सम्पूर्ण वडा सदस्यको उपस्थीतमा वडा कार्यालय नजिकै रहेकाे विद्यालय प्राङ्गणमा वितरण गरिएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाजले आफ्नो स्थापना कालदेखिनै नेपालमा आपतबिपद पर्दा वा विदेशमा नेपाली श्रमिकलाई समस्या पर्दा सक्दो आर्थिक भौतिक सहयोग गर्दै आएका छ्न । भुकम्प पीडितलाई आवश्यक राहत सामाग्री बितरण गर्न र खरिद गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई साउँदले धन्यवाद ज्ञापन गर्नु भएको छ ।