भूकम्पले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एतिबेला देश तथा बिदेश बाट सहयोग भैरहेको परिपेक्षमा ललितपुरकाे ईमाडोलस्थित थ्रेड गार्मेण्टले ५ लाख बराबरको ३ सय पिस ज्याकेट हस्तान्तरण गरेको छ।
गार्मेण्टले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद १ लाख रुपैयाँ थप सहयोग गर्ने बताएकाे छ। गार्मेण्टले जिल्ला विपद व्यवस्थापन समितीका संयोजक रबिन धिताल सम्म पुग्नेगरी गार्मेण्टबाट सामान पठाएको हाे।
गार्मेण्ट सञ्चालक कृष्णराज तिमल्सिना प्राकृतिक प्रकोपको पीडा आफैले २०७२ को महाभुकम्पबाट भोगेको बताउदै यो अवस्थामा केहिहद सम्म आफुले सक्ने सहयोग गर्नु आफ्नो मानवीय धर्म बन्नजाने बताउदै
देश लाई दुख्दा एकजुट भएर सबैले यो बेलामा सहयोग भाव राख्नु दुखेको देशमा मलम पट्टी गर्न सबैले आ-आफ्नो ठाउँ बाट सक्ने सहयोग गर्नुपर्ने बताए।