क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसिसिका सदस्य तथा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीले एनआरएनए एनसिसि मलेसियाको कार्यालय र सेल्टर ब्यवस्थापनको लागि नेपाली रु.५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सोमबार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् एनआरएनएका उप-महासचिवका उम्मेदवार प्रविन गुरुङ, उपाध्यक्ष पदका उम्मेदवार रोबिन सेरचन, उपाध्यक्ष पदकै उम्मेदवार खगेन्द्र न्यौपाने , त्यसैगरी सचिव पदका उमेदवार मनोज गोर्खालीसंगको भेटघाट तथा छलफल कार्यक्रममा सन्तोष कार्कीले सो घोषणा गरेका हुन ।

साथै एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा छलफल अन्तरक्रिया कार्यक्रममा एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार खगेन्द्र न्यौपानेले एनआरएनए डेको दिन खेलाडी हरुलाई समान गर्ने कार्यक्रम रहेको हुँदा मलेसियाबाट सन्तोष कार्कीलाई विशेष अनुरोध र उचित सम्मान , पुरस्कार दिन आग्रह गर्ने बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा खेल खेल्न लाई नेपाल् गएको बेला एनआरएनएले जिम्मेवारी लिए बमोजिमको खेलाडीहरुको ब्यवस्थापन , बस्ने खाने लगायतमा खर्च भएको रकम नतिरिदिएपछि त्यतिबेला अध्यक्ष कार्कीले आफ्नो ब्यक्तिगत खल्तीबाट नेपाली रु. २५ लाख बराबर पैसा तिरिदिएर बिल भुक्तानी गरेका थिए ।
सोही खर्च बापत एनआरएनएको ११औं महाधिवेशनको अवसरमा गौरीराज जोशीको उनले एनआरएनए डे विशेष पुरस्कार सहित उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्न जाँदा खर्च भएको २५ लाख बराबरको रकम पाउने भएको र त्यो पैसा आफुले पाए बापत एनआरएनए मलेसियाले स्थापना गरेको सेल्टर हाउस र कार्यालय ब्यवस्थापन, सञ्चालनको लागि नेपाली रु. ५ लाख रकम दिने निर्णयसंगै घोषणा गरेका हुन ।
अध्यक्ष कार्की बिगत २०/२५ बर्ष देखि मलेसियालाई आफ्नो कर्मथलो बनाएर बस्दै आएका हुन । उनको आफ्नै सुरक्षागार्डको कम्पनी पनि रहेका छन् भने कार्की म्यानपावर ब्यावसायीसंगै मलेसियामा रहेका नेपाली श्रमिकलाई भैपरि आएको खण्डमा दु:ख परेको खण्डमा आर्थिक भौतिक सहयोग गर्दै समाजिक कार्य पनि गर्दै आईरहनु भएको छ।
अध्यक्ष कार्कीले मलेसियामा एकमात्रै दर्ता प्राप्त नेपाली क्लब हिमालयन फुटबल क्लब चलाईरहनु भएको छ । साथै उनले नेपाली खेलाडीलाई पनि आफ्नै खर्चमा खेल्न प्रोत्साहन गर्ने परिक्ष्रमिक दिने लगायत गर्दै आईरहनु भएको छ ।



















