एनआरएनए आईसिसि उपाध्यक्ष क्ष्रेष्ठले एनआरएनए मलेसियालाई गरे रु.५ लाख सहयोग प्रदान।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसिसिका बर्तमान उपाध्यक्ष एवम् अध्यक्षका प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठले एनआरएनए एनसिसि मलेसियालाई नेपाली रु.५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

केहि दिन पहिले मलेसिया भ्रमणमा आउनु भएका उपाध्यक्ष क्ष्रेष्ठ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनसिसि मलेसियाको पदाधिकारीहरुसंगको  भेटघाट तथा छलफल कार्यक्रममा एनआरएनए मलेसिया र यहाँ नेपाली श्रमिकको लागि सञ्चालित सेल्टर हाउस ब्यवस्थापनको लागि आफू आईसिसिको आउँदो ११औं महाधिवेशनमा निर्वाचित भएलगत्तै नेपाली रुपैयाँ रु. ५ लाख सहयोग गर्ने सार्वजनिक घोषणा गर्नु भएको थियो ।

तर उपाध्यक्ष क्ष्रेष्ठले अध्यक्ष पदमा निर्वाचित हुनुभन्दा पहिल्यै घोषणा गरेअनुरुपको आर्थिक सहयोग रकम नेपाली रु.५ लाख एनसिसि मलेसियालाई पठाईसकेको र सो सहयोग रकम एनसिसि मलेसियाले प्राप्त गरिसकेको एनआरएनए एनसिसि मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बुले मलाया खबरलाई जानकारी दिनुभयो ।

घोषणा गरे अनुरुपको आर्थिक सहयोग रकम एनसिसि मलेसियाले पाईसकेको जानकारी दिदैं कोषाध्यक्ष लिम्बुले महाधिवेशनमा अध्यक्ष पदमा नेपाली श्रमिकमैत्री प्रत्याशी उम्मेदवार क्ष्रेष्ठलाई एनसिसि मलेसियाको तर्फबाट जीतको निम्ति अग्रिम शुभकामना दिनुभएको छ। साथै कोषाध्यक्ष लिम्बुले मलेसियाबाट छनौट हुनुभएका भोटरहरु सबैले अध्यक्ष पदका उम्मेदवार क्ष्रेष्ठलाई भोट दिन सार्वजनिक अपिल समेत गर्नुभएको छ ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्।उनी विगत २० औं बर्ष देखि एनआरएनएको अभियानमा लगेको र एनआरएनए आइसीसी सदस्य र कोषाध्यक्ष हुँदै अहिले आईसिसिका उपाध्यक्ष पद समालिरहेका छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ्न ।