क्वालालम्पुर (मलेसिया):= राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल सम्पर्क विभाग मलेसिया समितिद्धारा बझाङका ‘भुकम्प’ पीडीतलाई राहत सामाग्री वितरण गरिएकोे छ ।
बझाङमा यहीँ असोज १६ गते गएको विनासकारी भुकम्पबाट घर भत्किएर क्षेती भएकाहरुलाई राहत , सहयोग पुगोस् भन्ने हेतुले समितिभित्रै आर्थिक सहयोग संकलन अभियान चलाइएको र सोही अभियानबाट संकलित सहयोग रकम नेपाली रु.६१ हजार आर्थिक रकम राहत सामाग्री खरिद गरि वितरणको लागि नेपाल पठाइएको मलेसियाका संयोजक नेत्र केसीले बताए ।
सो सहयोग रकमबाट खरिद गरिएको राहत सामाग्री राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ जिल्ला कमिटी सचिव सत्यराज उपाध्यायको नेत्रृत्वमा जिल्ला कार्यसमिती मार्फत जयपृथ्वी नगरपालिका भित्रका ‘भुकम्प’ पीडीतलाई राहत वितरण गरिएको संयोजक केसीले बताए ।
त्यस्तै थप राहत खरीद गरेर केहीदिन भित्रै दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाका भुकम्प पीडितहरुलाई पनि राहत सहयोग गरिने पनि संयोजक केसीले बताए ।
नेपाल घरभई हाल मलेसिया कर्मभुमी बनाई रहेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक युवाहरुले खुल्ला आकासमुनी बसिरहेका पीडितहरुलाई थोरै भएपनि राहत मिलोस भन्नका लागि आफुहरुले आर्थिक सहयोग प्रदान गरि राहत बितरण गर्न रकम पठाइएको भनाइ समितिको छ ।



















