[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) आईसिसिका बर्तमान उपाध्यक्ष एवम् अध्यक्षका प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठले एनआरएनए एनसिसि मलेसियालाई नेपाली रु.५ लाख सहयोग दिने घोषणा गरेका छ्न ।
केहि दिन पहिले मलेसिया भ्रमणमा आउनु भएका उपाध्यक्ष क्ष्रेष्ठ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनसिसि मलेसियाको पदाधिकारीहरुसंगको भेटघाट तथा छलफल कार्यक्रममा एनआरएनए मलेसिया र यहाँ नेपाली श्रमिकको लागि सञ्चालित सेल्टर हाउस ब्यवस्थापनको लागि आफू आईसिसिको आउँदो ११औं महाधिवेशनमा निर्वाचित भएलगत्तै नेपाली रुपैयाँ रु. ५ लाख सहयोग गर्ने सार्वजनिक घोषणा गर्नु भएको कार्यक्रममा उपस्थित मध्यका एनसिसि मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बुले मलाया खबरलाई जानकारी दिनुभयो ।
जानकारी अनुसार उक्त भेटघाट कार्यक्रममा एनआरएनए एनसिसि मलेसियाका र मलेसियामा रहेका श्रमिक समस्याको बरेमा साथै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बारेमा निकै लामो समयसम्म छलफल भएको थियो, भने कार्यक्रममा सहभागीहरुले आफ्नो आफ्नो तर्फबाट सुझाव सहितको धारणा राखेका थिए ।
श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्।उनी विगत २० औं बर्ष देखि एनआरएनएको अभियानमा लगेको र एनआरएनए आइसीसी सदस्य र कोषाध्यक्ष हुँदै अहिले आईसिसिका उपाध्यक्ष पद समालिरहेका छन्।
गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ्न ।



















