एनआरएनए आइसीसीको ११औं महाधिवेशनमा मलेसियाको तर्फबाट हरिप्रसाद भट्टराई आरसी पदका उम्मेदवार।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर मलेसिया:= गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रको आगामी अक्टोबरमा हुने महाधिबेशनका लागि मलेसियाको तर्फबाट आइसिसि उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजक (आरसी) पदमा हरिप्रसाद भट्टराईलाई पठाउने निर्णय गरेको छ ।

केहि दिन पहिला राजधानी क्वालालम्पुरमा बसेको एनआरएनए मलेसिया कार्य समितिको बैठकले केन्द्रीय उपाध्यक्ष पदमा न्यौपाने र आरसी पदमा भट्टराईलाई उठाउने निर्णय गरेको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले मलाया खबरलाई बताए ।

न्यौपाने हाल एनआरएनको सचिव पदमा छन भने भट्टराई एसिया प्यासीफिक उपसंयोजक पदमा रहेका छन । एनआरएनए मलेसियाले आइसीसीमा आफ्नो देशको प्रतिनिधित्व होस र आफ्ना मुद्धालाई बुलन्द बनाउनका लागि यस्तो निर्णय गरेको अध्यक्ष थापाले जनाए ।

उम्मेदवार हरिप्रसाद भट्टराईलाई जीतको लागि अग्रिम शुभकामना तथा बधाई दिँदै एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापा ।

आउँदो निर्वाचनमा एनआरएनए मलेसियाका १ सय ६७ जना डेलिगेट्स रहेकोले एनआरएनएको नेतृत्वका सवालमा मलेसियाको महत्वपुर्ण भुमिका रहन्छ ।
वैदेशिक रोजगारको मुख्य गन्तब्य रहेको मलेसियालाई एनआरएनए बृतमा छुट्टै महत्वका साथ हेरिन्छ ।

उम्मेदवारी घोषणा गर्ने क्रममै एनआरएनए आईसिसि एसिया प्यासिफिक उप-संयोजक (डिआरसी) को पदमा रहेका हरि भट्टराई आगामी निर्वाचनको लागि एसिया प्यासिफिक संयोजक (आरसी) मा उम्मेदवारी दिने तयारी गरेका छ्न । भट्टराई आरसी पदका लागि बलिया दाबेदार पनि हुन ।

भट्टराईले यस् अघि एनआरएनए मलेसियाको अध्यक्ष पदको कार्यभाल र डिआरसीको पद सम्हाली सकेका छ्न , भने भट्टराईले मलेसियादेखि नेपालसम्म विभिन्न क्षेत्रमा लगानी गरेका एक प्रतिष्ठित चर्चित ब्यापारी , ब्यावसायी पनि हुन ।

भट्टराई एनआरएनए मलेसियाको नेतृत्वमा हुँदा एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित,बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका उनी एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर २०२१–२३ कार्यसमितिको सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरेका थिए ।

उम्मेदवार हरिप्रसाद भट्टराईलाई जीतको लागि अग्रिम शुभकामना तथा बधाई दिँदै एनआरएनए मलेसिया प्रथम उप-अध्यक्ष राकेश महतो थापा ।

एनआरएनए मलेसियाको नेतृत्व गरिरहँदा आफ्नै कार्यालयसम्म थिएन, उनकै कार्यकालमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले  कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढिलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएनए मलेसियाको शाखाको नाम अझ उचाईमा पुर्‍याउन सफल भएको थियो ।

साथै आफ्नो कार्यकालमा मलेसियामा रहेका नेपाली श्रमिक,पीडितहरुको उद्धार एवंम सहयोगका लागि ५० हजार रिंगिट करिब १४ लाख रुपैयाँ बराबरको पैसा दान गरेर श्रमिक कल्याणकारी कोष स्थापना गरि सयौं नेपाली , श्रमिक हरु लाई आर्थिक सहयोग र उद्दार गरेका थिए ।

एनआरएनए नेतृत्वमा रहि समाजसेवाको क्षेत्रमा सक्रिय भट्टराई यस् पाली आगामी सन् २०२३-२०२५ सम्म आरसी पदमा रहेर देश र विदेशमा रहेका श्रमिकको सेवा गर्ने योजना बनाएको बताए ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।