[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया:= गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक ( RC आर.सी. ) पदमा चर्चित समाजसेवी एनआरएनए ब्यक्तित्व हरिप्रसाद भट्टराईले प्रतिबद्धता पत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद एनसिसि मलेसियाले आयोजना गरेको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेपालीका लागि नेपाली, भन्ने मुख्य अभिप्रायका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोरबरमा हुने ११ औं महाधिबेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक आरसीमा मलेसियाबाट हरिप्रसाद भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
भट्टराईले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा सन् २०२३–२५ कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
भट्टराईले तिज विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा बोल्दै भनेका छन, “सुरक्षित र मर्यादित वैदेशिक रोजगार, श्रमिक मैत्री एनआरएनए मेरो सरोकार” भन्ने मुल मन्त्रका साथ क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने निर्णय लिएको छु । मलाई एनआरएनए मलेसियाले सर्वसम्मत क्षेत्रीय संयोजकमा पठाउने निर्णय गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
एनआरएन मलेसियामा रही लामो समयदेखि एनआरएनका हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनले एनआरएनएजस्तो पवित्र संस्थामा लिनका लागि होइन दिन सक्नुपर्दछ भन्ने मान्यतालाई विश्वास राख्दछन ।
एनआरएनएको केन्द्रिय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित,बाढिपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आएका उनी एनआरएनए मलेसियाको २०१९–२१ कार्यकाल सफलतापुर्वक सम्पन्न गरेर २०२१–२३ कार्यसमितिको सर्वसम्मत नेतृत्व चयन गरेर नेतृत्व हस्तान्तरण गरेका थिए ।
एनआरएनए मलेसियाको नेतृत्व गरिरहँदा आफ्नै कार्यालयसम्म थिएन, उनकै कार्यकालमा आफ्नै कार्यालय स्थापना गर्न सफल भएका थिए। उनी आफैले मलेसियन रिंगेट ५० हजार नेपाली रु. १४ लाख रुपैयाँ जम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौ नेपालीलाई सहयोग गर्दै आईरहेका छन। कोभिडको महामारीमा उनले नेतृत्व गरेको संघले ६ हजार ३ सय भन्दा बढि नेपालीलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गरेको अभियानले एनआरएनए मलेसियाको शाखा उचाईमा पुर्याउन सफल भएको थियो ।
भट्टराई एनआरएनए मलेसियाको नेतृत्वमा आएपछि भए गरेका कामको उच्च मुल्यांकन मलेसियामा रहेका नेपाली, नेपाली दूतावास मलेसिया तथा एनआरएनए आइसीसीले गरेको छ। एनआरएनएको २०२१–२३ कार्यकालका एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदा समेत समाजसेवा र श्रमिकको सेवामा उनको सक्रियता घटेको थिएन ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजक आरसी पदमा उम्मेदवारी घोषणा सहित भट्टराईको प्रतिवद्धताहरु यस्ता छन :

एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाइने पहल गरिनेछ। नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यपारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गरिने। र एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्ने। जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गरिनेछ ।
त्यस्तै नेपालका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गरिनेछ।
विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाइनेछ। नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिने ।
श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गरिनेछ। एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चालिने बताए ।
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसीको ११ महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।