एनआरएनए मलेसियाद्वारा आयोजित तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।

१७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली  राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलको प्रमुख अथित्यतामा साथै मलेसियामा रहेको विभिन्न संघसंस्थाको अतिथि प्रतिनिधिहरुको बिच संस्कृतिक कार्यक्रम गरि तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

सो तिज बिशेष कार्यक्रममा विशेष अतिथि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका प्रथम सचिव बलिराम प्रसाद धामी , द्धितिय सचिव तथा प्रशासन बिभाग प्रमुख प्रेम बुढथापा , श्रम काउन्सिलर भोलानाथ गुरागाई, श्रम सहचारी दिलीप खड्का, तृतीय सचिव निर्मला केसी लगायतको उपस्थिति रहेको थियो भने।  एनआरएनए मलेसियाको संस्थापक / संरक्षक शंकर बहादुर पौडेल, एनआरएनए एसिया आईसिसि क्षेत्रीय उप-संयोजक डिआरसी तथा आगामी महाधिवेशनमा आरसी पदका दाबेदार उम्मेदवार हरिप्रसाद भट्टराई ,  क्लान येसोसियन संस्थापक रोशन राणा लगायतको उपस्थिति रहेको थियो ।

शुभकामना मनतब्य दिनुहुँदै नेपाली राजदूत डिल्लीराज पौडेल
एनआरएनए आईसिसि डिआरसी हरिप्रसाद भट्टराई ले मन्तव्य दिनुहुँदै ।
शुभकामना मन्तब्य दिनुहुँदै एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापा ।

त्यसैगरी अतिथिहरुमा रिया मनि ट्रान्सर्फमरका मलेसिया कन्ट्री म्यानेजर रमेश चौलागाई, एक्रोश ट्राभल्सका डाइरेक्टर मन्दिप भट्टराई, बिजनेस सोसाइटीका इश्वर लाल श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायिक संघ मलेसियाका कमल गौतम, जिपिएल रेमिटान्सका इन्द्र गिरि हिमालय एकेडेमी मलेसियाका सन्तोष भट्ट, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई उपस्थित रहेका थिए ।

त्यस्तै तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिंग तामाङ, किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष तेज कुमार राई, हेल्प मधेसी मलेसियाका सुरेन्द्र महतो, नेपाल मगर संघ मलेसियाका ऋषि राना, सुदुर पश्चिमेली नेपाल समाज मलेसियाकाका अध्यक्ष दिनेस खड्का, थारु कल्याणकारिणी सभा मलेसियाका उपाध्यक्ष राधा राना थारु लगायत विभिन्न संघसंस्था व्यावसायिक श्रमिक , पत्रकार , नेपाली श्रमिक दिदीबहिनी दाजुभाइ र राजनीतिक दलको प्रतिनिधि, अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन गर्नुहुँदै एनआरएनए मलेसिया उपाध्यक्ष हेमराज सापकोटा ।

तिज विशेष कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन , सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्न नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु सबिता तामाङ सिङ्गर एण्ड डान्सर, अनु पराजुली एक्टर मोडल, भावना आचार्य सिङ्गर, र डान्सर जुना कार्की लगायत स्थानीय कलाकार हरुले संस्कृति कला प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाका महिला उपाध्यक्ष लिला मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संघका उपाध्यक्ष हेमराज सापकोटाले गरेका थिए ।

स्वागत मन्तव्य दिनुहुँदै एनआरएनए मलेसिया उपाध्यक्ष लिला मगर ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत डिल्लीराज पौडेल ,  एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायत उपस्थित अतिथिहरुले तिजको दरखाने र तिज पर्वको उपलक्ष्यमा पालैपालो शुभकामना मनतव्य दिइएका थिए ।

[फोटो : मलाया खबरकर्मी पत्रकार कृष्ण गुप्ता]