एनआरएनए केन्द्रका सचिव न्यौपानेले अब आईसिसि उपाध्यक्ष पदमा उम्मेदवारी दिने।

क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि सचिवको भुमिकामा रहेर काम गरिरहेका खगेन्द्र न्यौपानेले अब आउँदो निर्वाचनमा आईसिसि उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन । हालै एनआरएनए मलेसियामा आयोजित एनआरएनए मलेसियाको अधिवेसनमा आफू निर्वाचन प्रमुखको भुमिकामा रहि सफलतापूर्वक सम्पन्न गरे  पश्चात् न्यौपानेले आफू अब उपाध्यक्ष पदमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए ।

उनले एनआरएनएका अग्रज तथा विभिन्न देशबाट एनआरएनए अभियन्ताहरुबाट आएको सल्लाह र सुझावका आधारमा आफूले संस्थाको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर आफ्नो प्रतिबद्दता पत्र सहित उम्मेदवारी घोषणा गर्ने बताए । न्यौपानेले मध्यपुर्व,मलेसिया,कोरिया,युरोपलगाएत देशका लाखौ नेपालीहरुको मुद्दा उठाउन,उनिहरुको समस्याको समाधान गर्न,रेमिटेन्सको सही प्रयोग गराउन, एक पटकको नेपाली सधैको नेपाली कायम राख्न नागरिकताको मुद्दालाई प्राथमिकता दिएर अघि बढ्न लगाएतका मुद्दा आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएका छन ।

हाल गैरआवासीय नागरिकताको व्यवस्था भए पनि त्यसले मताधिकारसहित अरु अधिकारबाट देशका लागि योगदान दिने गैरआवासीय नेपालीहरु बञ्चित भएको अवस्था रहेकाले योजनाबद्द रुपमा तेस्को सम्बोधन गर्नुपर्ने बताए । न्यौपानले एनआरएनए धेरै ठुलो संस्था भएकाले नतिजामुखी बन्न नसकेको अवस्थामा एनआरएनएको संस्थागत सुधारलाई पनि आफ्नो एजेण्डा बनाएका छन । उनले विदेशमा बस्ने नेपालीहरुका प्रमुख समस्याहरुमा सबै एकत्रित भएर सँस्थालाई एक र मजबुत बनाएर अगाडी बढाउनपर्ने बताएका छन ।

विश्वका प्राय सबै देशका राष्ट्रिय सम्मेलन सकिइसकेको अवस्थामा अत्यन्त सफल व्यवसायि र सामाजिक अभियन्ता, एनआरएनए अभियानमा लामो समयदेखी आफ्नो समय ब्यतित गरेका न्यौपानेको उपाध्यक्षको उम्मेदवारीलाई एनआरएनए अभियन्ताहरुले सकारात्मक हेरेका छन । मलेसियालाई आफ्नो कार्यक्षेत्र बनाएका न्यौपानेलाई मलेसिया,एशिया र मध्यपुर्वबाट ठूलो समर्थन रहेको छ । यस बाहेक धेरै मतदाता भएका युरोप,अमेरिका,अष्ट्रेलिया तथा अफ्रीका क्षेत्रबाटसमेत उम्मेदवारीका लागि आग्रह भएकाले न्यौपाने आशाावादी रहेका छन ।

न्यौपाने एनआरएनए मलेसियाको उपाध्यक्ष,आईसिसि सदस्य,अध्यक्ष,एशिया प्याशिफिक सह संयोजक हुंदै हाल सचिव रहेका छन । मलेसिया र नेपालका सफल ब्यावसायी न्यौपाने एटी ग्रुप अफ कम्पनी मलेसियाका डाईरेक्टर,बिकास हाईड्रोपावर कम्पनिका अध्यक्ष,बुढीगन्डकी हाईड्रोपावर सुपर माछाखोलाका अध्यक्ष,स्मार्ट होलीडे प्रालि र ग्रीनलाइन ट्राभल्सका अध्यक्ष,भिनोलिभा हस्पिटालिटि प्रालीको अध्यक्ष रहेका छन । योसँगै सेयर बजार,हस्पिटल,रियल स्टेट लगाएत अन्य बिभिन्न क्षेत्रमा लगानी गरेर उनले देशबिकासमा आफ्नो दरो उपस्थिती जनाएका छन ।

उनले यस अभियानमा केही पाऊनको लागी नभई दिनको लागी आएको र आफू बोलीभन्दा काममा बिश्वाश गर्ने मान्छे भएकाले आफ्नो उम्मेदवारीलाई साथ र समर्थन गर्न बिश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन । उनले आफूले सबै एनआरएनएअभियन्ताहरु सँगको छलफलपछि उम्मेदवारी दिने निर्णय गरेक्क बताए । एनआरएनएको आगामी अधिवेशनको लागी अध्यक्षमा हालसम्म आरके शर्मा,महेश श्रेस्ठ,हालका अध्यक्ष बद्री केसी र रविना थापाले उम्मेदवारी दिने बताइसकेका छन भने अन्य पदमा उम्मेदवारी दिने क्रम बढदोछ ।