सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो ?’ रिलिज हुँदै।

काठमाडौं := कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो ?’ रिलिज , प्रदर्शन हुँदैछ। ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि ‘म त मर्छु कि क्या हो’ छिट्टै रिलिज हुन लागेको हो।

सुविहानी फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा सिताराम र कुन्जना टेलिसिरियल ‘मेरी बाँस्सै’ कै धुर्मुस-सुन्तलीको भुमिका र गेटअपमा देखिएका छन्।

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन्। उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन्।