
क्यालिफायरका खेल चल्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन आयोजना गरेको स्टेट डिनरमा मोदीले सम्बोधनका क्रममा क्रिकेटको प्रसंग निकाले।
उनले हाल क्वालिफायर खेलिरहेको अमेरिकी क्रिकेट टोलीलाई भारतमा हुने क्रिकेट विश्वकपमा ‘क्वालिफाइ’ भएर आउन शुभकामना दिए। अमेरिकामा बेसबलसँगै क्रिकेट पनि लोकप्रिय भइरहेको भन्दै मोदीले भारतमा हुने विश्वकपमा अमेरिकी टोलीलाई ‘क्वालिफाइ’ हुन शुभकामना दिएका हुन्।
नेपाल सहित ‘समूह ए’मा रहेको अमेरिका हाल अंकतालिकाको पुछारमा रहेको छ। ३ खेल खेलेको अमेरिकाले कुनै खेल जित्न सकेको छैन। अमेरिकाको सुपर सिक्स हुँदै भारतमा हुने विश्वकपमा ‘क्वालिफाइ’ हुने सम्भावना छैन।



















