थारु समुदायको महान राष्ट्रिय पर्व माघी महोत्सव अष्ट्रेलियामा समेत आयोजना हुँदै।

क्वालालम्पुर (मलेसिया):= यतिबेला नेपाल लगायत रोजगारीको सिलसिलामा विभिन्न अन्तर्राष्ट्रिय देशमा बसोबास गरिरहेका थारू समुदायले आफ्नो प्रमुख महान राष्ट्रिय चाडपर्व माघे संक्रान्ती , तिला संक्रान्ती , खिचडी , (माघी) धुमधामका साथ मनाउने तयारी गरिरहेको छ। प्रायःजसो ठाउँमा आजैदेखि माघी मनाउन सुरु पनि भैइसकेको छ।

राष्ट्रिय पर्व माघी थारु समुदायले नेपालमा मात्रै नभैइ हरेक बर्षझै यस् बर्षपनि अमेरिका , अष्ट्रेलिया , युएई , मलेसिया , कतार , कुवेत , दक्षिण कोरिया लगायतको अन्तर्राष्ट्रिय देशहरुमा धुमधामका साथ मनाउने गरिन्छ।

सोही क्रममा अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी फेस्टिवल महोत्सव आयोजना गर्ने भएको छ । थारू समाज सिड्नी अष्ट्रेलियाले यहीँ बर्ष सन् २०२३ जनवरी १५ (माघ १) गते माघी महोत्सव आयोजना गर्ने भएको हो ।

यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव आयोजना गर्न लागिएको संस्थाका पब्लिक रिलेशन अफिसर अरुण आर्यन चौधरीले मलाया खबरलाई जानकारी दिनुभयो।

चौधरीले बताए अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव मध्यान्ह १२:०० बजेबाट सुर हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको बताउनुभयो।

प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पब्लिक अफिसर चौधरीको भनाइ छ । कार्यक्रममा सहभागी हुने थारूहरू मौलिक पहिरनमा उपस्थित हुनेछन् भने थारू परिकारको व्यवस्थासमेत गरिने उनले बताए।

कार्यक्रम थारू रितिरिबाज अनुसारका नाचगान र खान पिन सहित हुने भएकोले सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गर्नुभएको छ। माघीमा विशेषतः ढिक्री, घोङी, माछा र गङ्गाटा  जस्ता खानाको परिकारहरु खाने चलन छ ।

माघी कार्यक्रमबारे र सहभागी हुनको लागि विस्तृत जानकारीका लागि अरुण आर्यन चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।