[ गीता अधिकारी ]
सुनिता कुँवर ‘चादनी’ पछिल्लो समय ट्याटु कलामा लोकप्रिय हुनुहुन्छ । कलाकारितामा पनि त्यतिकै रुचि राख्नुहुने उहाँले सिटी सेन्टरमा स्किन आर्ट ट्याटु सेन्टरमार्फत ट्याटुका पारखीलाई सेवा पुर्याउँदै आउनुभएको छ । मोडलिङ सँगसँगै ट्याटु कलामा आफूलाई समर्पित गर्दै आउनुभएकी कुँवरको हातबाट ट्याटु बनाउन चाहने युवा जमातको भिड पछिल्लो समय बाक्लिँदै गइरहेको छ ।
ट्याटु पारखीको चित्त बुझउन सक्ने खुबीका कारणले पनि उहाँप्रति ट्याटु पारखीहरूको भिड लागेको हो । यसले उहाँलाई निकै व्यस्त बनाएको छ । यस क्षेत्रमा परिवारको साथ रहेकाले आफू उत्साहित भएको उहाँको भनाइ छ । कलाकारिता सँगसँगै यतिबेला ट्याटुकलालाई पनि सँगै अगाडि बढाइरहनु भएको छ । ट्याटु खोप्नु भनेको सम्वेदनशील कार्य हो, यसमा सजग हुन आवश्यक रहेको बताउनुहुने सुनिता कुँवर ‘चादनी’ सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संक्षिप्त कुराकानी ।
किन यो व्यवसाय रोज्नुभयो ?
मैले यस ट्याटु व्यवसायलाई रोज्नुको कारण हरेक महिलाले आफूलाई अरूभन्दा भिन्न भएर आफूभित्र भएको कलालाई दबाइ नराखी सबै काम चिनाउनुपर्छ र महिलामा पनि पुरुषसरह काम गर्न क्षमता हुन्छ भन्ने सावित गर्न चाहन्छु ।
कस्तो छ ट्याटु व्यवसाय ?
यो व्यवसाय अरूभन्दा भिन्न छ, यसकारण हामी अति धेरै संवेदनशील भएर काम गर्नुपर्छ, मिहिनेत र लगनशील साथ गर्यो भने यो काम धेरै राम्रो छ ।
के कस्ता चुनौती छन्, प्रतिस्पर्धा कस्तो छ ?
ग्राहकको मन जित्नु नै सबैभन्दा ठूलो चुनौती हो । मेरो लागि प्रतिस्पर्धा आफैंसँग छ ।
महिलाहरूलाई कत्तिको गाह्रो छ ?
गाह्रो सबै क्षेत्रमा हुन्छ, मिहिनेत र चुनौतीलाई नआतिकन समाधान गर्ने क्षमता हुनुपर्छ ।
कस्ता-कस्ता ग्राहक आउँछन् ट्याटु खोपाउन ?
सबै वर्गका व्यक्तिहरू आउनुहुन्छ, जसलाई नि ट्याटु बनाउने मोह छ, पुरुष र महिला दुवै समान छन् ।
सुनिता कुँवर ‘चादनी’ पछिल्लो समय ट्याटु कलामा लोकप्रिय हुनुहुन्छ । कलाकारितामा पनि त्यतिकै रुचि राख्नुहुने उहाँले सिटी सेन्टरमा स्किन आर्ट ट्याटु सेन्टरमार्फत ट्याटुका पारखीलाई सेवा पुर्याउँदै आउनुभएको छ । मोडलिङ सँगसँगै ट्याटु कलामा आफूलाई समर्पित गर्दै आउनुभएकी कुँवरको हातबाट ट्याटु बनाउन चाहने युवा जमात बाक्लै छ ।
यहाँ मोडलिङतिर पनि हुनुहुन्छ नि ?
हो, म आफूलाई एक कुशलकलाकार भएर चिनाउन चाहान्छु ।
कतिभयो मोडलिङ्मा लाग्नुभएकोे ?
दुई वर्ष जति भयो ।
कोसँग कामगर्ने इच्छा छ कलाकारमा ?
मलाई सबै कलाकारसँग कामगर्न मन छ ।
ट्याटुलाई व्यावसायिक रूपमा लैजान चाहानेलाई यहाँको सुझाव के छ ?
आफूभित्र भएको कलालाई लुकाएर नराख्नु आफूलाई रुचिभएको कुनै पनि कामलाई सकारात्मक रूपले अगाडि बढाउनुहोस् । सिकेर, बुझेर, जानेरमात्रै हात हाल्नुहोस् भन्न चाहन्छु ।
यहाँको अन्य रुचि के छ ?
नयाँ-नयाँ ठाउँ भ्रमण गर्नु र सबैका लागि सहयोगी पात्र बन्ने, आफूभित्रको कलालाई सबै माझ देखाउने ।
पुस्तक पढ्न कतिको मनपर्छ, मनपरेको पुस्तक ?
मलाई विशेषगरी साहित्यिक पुस्तकहरू मनपर्छ । त्यसमा पनि उपन्यास मनपर्छ । मन परेको पुस्तकमा धेरै छन् कुनै एकको नाम लिनुपर्दा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको ‘सपनाकी रानी’ ।
अन्त्यमा ?
मलाई यस स्थानमा पुर्याउने सम्पूर्ण परिवार, साथीभाइ, इस्टमित्र र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मेरो लागि हर दिनप्रार्थना गर्ने व्यक्तिहरूलाई धन्यवाद भन्न रुचाउछु ।