बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश।

काठमाडौं := बलात्कार आरोपमा पुर्वपक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई अन्ततः धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

नाबालिग केटिलाई बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो ।