फिफा विश्वकप फुटबलमा वेल्सलाई हराउँदै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश।

कतार := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ मा मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० गोल अन्तरको सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेलमा निरशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरिएको छ। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बनेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो ।