बारा क्षेत्र न.१ मा कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको लज्जास्पद हार, अच्युत मैनालीले बहुमतले जिते।

बारा (कोल्हबी):= बारा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेकपा एमालेका अच्युतप्रसाद मैनाली बहुमतले विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार खानेपानी मन्त्री उमाकान्त चौधरीलाई ९ हजारभन्दा बढी मतान्तरले हराएका हुन्।

अन्तिम मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १ सय ९५ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत पाएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल तेस्रो स्थानमा छन्। उनले ३ हजार ३ सय १९ मत पाएका छन्।

लज्जास्पद हार व्यहोरेका नेपाली कांग्रेस पार्टीका केन्द्रिय सह-महामन्त्री उमाकान्त चौधरी बारम्बार मन्त्री बनेपनि आफ्नै गाउँ ठाउँमा केहि विकास नगरेको आरोप स्थानीयहरुको रहेको छ। स्थानीय भन्छन् उमाकान्त चौधरीले आफ्नो पार्टीको कार्यकर्ता र चेलाचपाटी पाल्ने बाहेक अन्य केहि उदाहरणीय काम नै गरेको छैन।

स्थानीय हरुको अनुसार नव निर्वाचित साँसद एमालेका अच्युत मैनालीले चौधरी जस्तो जनताको मतलाई गद्दारी नगर्ने र बारा क्षेत्र नम्बर १ मा विकासको कार्य तीब्र रुपमा गर्ने, अगाडि बढाउनेमा आसावादी रहेको बताउँछ।