शान्तालाई हराउँदै दाङ क्षेत्र न. १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी।

दाङ:= दाङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गर्दै जित हासिल गरेका हुन् ।

एमाले नेतृ शान्ता चौधरी पार्टी अध्यक्ष केपी ओलीको दायाँमायाले समानुपातिक कोटाबाट बारम्बार साँसद बनेपनि आफ्नो क्षेत्रमा केहि बिकासको कार्य गरेका थिएनन् । तसर्थ यसपटकको

मेटमणिले २६ हजार ५६३ मत पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।