चितवन क्षेत्र नम्बर.२ मा चर्चित उम्मेदवार रवि लामिछाने बहुमतले विजयी।

चितवन:= चितवन क्षेत्र नम्बर. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चर्चित उम्मेदवार रवि लामिछाने भारी मतान्तरसहित बहुमतले विजयी भएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर विजयी भएका हुन्।
लामिछानेले ४९ हजार २६१ जम्मा मत पाएका छन् । कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र एमालेका कृष्ण भक्त पोख्रेलले १४ हजार ६४९ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।