क्वालालम्पुर (मलेसिया):= मलेसियाको आम निर्वाचनमा पाकातान हारापान पार्टीबाट विजयी भएका पार्टी अध्यक्ष सांसद दातोक श्री अनवर बिन इब्राहिम मलेसियाको १०औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुने भएको छ।
आज इस्ताना नेगारामा राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुस्ताफा बिलाल साह (Agong Al-Sultan Abdullah Ri’ayatuddin Al-Mustafa Billah Shah) को अध्यक्षतामा बसेको मलेसियाको विभिन्न प्रान्तीय राजाहरूको संयुक्त बैठकले दातोक श्री अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।
यहीँ नोभेम्बर महिना गएको १९ तारिख शनिबारको दिन सम्पन्न आम निर्वाचनमा अन्य पार्टी भन्दा बढी बहुमत ल्याउन सफल ८२ सिटमा जितेका पाकातान हारापानलाईनै सरकारको नेतृत्व गर्न दिने र मलेसियाको १०औं प्रधानमन्त्रीको रुपमा दातोक श्री अनवर इब्राहिमलाई नियुक्त गर्ने निर्णय भएको इस्ताना नेगाराले जारी गरेको बिज्ञप्तिमा जनाएको छ।
राजाले जनाए अनुसार देशमा शान्ती ब्यवस्था कायम गर्न र देशको हितको लागि धारा ४० (२) A र ४३ (२) A बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने निर्णय गरिएको हो। १०औं नव प्रधानमन्त्रीको शपथ ग्रहण र नियुक्ति कार्यक्रम आज साझ ०५:०० बजे इस्ताना नेगाराको प्राङ्गणमा हुने जनाइएको छ।
SOURCE : BERNAMA