फिफा विश्वकप फुटबलमा जर्मनीको लज्जास्पद हार, जापानले २-१ गोलले हरायो।

कतार := कतारमा भइरहेको फिफा विश्वकप फुटबल-२०२२ मा बुधबार भएको दोस्रो खेलमा जापान विजयी भएको छ । कतारको खलिफा अन्तरराष्ट्रिय रंगशालामा भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनी जापानसँग २-१ गोलले पराजित भएको हो। खेलको ३३ औँ मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा जर्मनीलाई अग्रता दिलाउनुभएको थियो ।

तर, खेलको दोस्रो हाफमा गोल गर्दै जापान खेलमा फर्कियो । ७५ औँ मिनेटमा जापानका रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काई हार्वेत्जले गोल गरे पनि अफसाइड भएको भन्दै रेफ्रीले मान्यता नदिएपछि जर्मनी अग्रता दोब्बर बनाउनबाट चुक्यो। यसपछि तोकुमा आसानोले खेलको ८३औँ मिनेटमा दर्शनीय गोल गरी जापानको अग्रता दोब्बर पार्नुभयोे ।

उहाँले गोलपोस्टको छेउबाट निकै कठिन कोणबाट जर्मन गोलकिपर म्यानुअल नुएरलाई बिट गर्दै उहाँको टाउकोमाथिबाट पोस्टमा बल छिरेको थियो । जर्मनीले सन् १९५४, सन् १९७४, सन् १९९० र सन् २०१४ मा विश्वकप जितेको छ । सन् २०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले यो पटक चार वर्षअघिको खराब प्रदर्शन बिर्सने प्रयासमा रहेको जर्मनीलाई जापानसँगको पराजयले समूह चरणमा कठिन स्थितिमा धकेलेको छ ।

यता, जापानले सन् १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आईरहेको छ । रुस विश्वकपमासमेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो। जापानले समूह चरण पार गरेको थियो भने जर्मनी पहिलो चरणबाटै घर फर्केको थियो । यस पटक पनि जापानले जर्मनीलाई पराजित गरेर पुरानो विरासत जोगाउने योजनामा एक पाइला अघि बढेको छ ।

जर्मनी र जापानबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ । जसमा सन् २००४ मा जर्मनीले जापानलाई तीन-शुन्यले पराजित गरेको थियो भने सन् २००६ मा दुवैबीच दुई-दुई गोलको बराबरी भएको थियो । फिफा विश्वकपमा भने यी दुई टिमबीच प्रतिस्पर्धा भएको