सुनसरी क्षेत्र नम्बर.१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन)को अग्रता।

सुनसरी := सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन ख्युबा ) ले सुरुवाती अग्रता लिएकी छिन् । उनले ९ सय ७३ मत प्राप्त गरी अग्रस्थान कायम गरेकी हुन्।

यस क्षेत्रमा राप्रपाका अशोक अविरल राईले ९ सय ५१ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेकी छिन् । स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोजकुमार मेन्याङोले ९ सय १० मत प्राप्त गरी राई र तामाङलाई पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनका मुक्साहाङ मेन्याङबो ७ सय ४६ मत प्राप्त गरेका छन् ।  एमाले जसपा गठबन्धनका अशोक राई ७ सय ८५ मत प्राप्त गरेका छन्। धरान उपमहानगरपालिकाको को १,२ र ३ वडाको मत गणना सम्पन्न भएको छ । वडा नम्ब ४ को मतगणना जारी छ ।