एमाले उम्मेदवार पोखरेललाई पछ्याउँदै रवि लामिछाने दोस्रो स्थानमा उक्लिए।

चितवन := चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा उक्लनुभएको छ । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाउनुभएको छ भने रवि लामिछानेले २ हजार ३८४ मत पाउनुभएको छ ।

तेस्रो स्थानमा झर्नुभएका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाउनुभएको छ । ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा हुनुहुन्थ्यो ।

शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लग्नुभएको छ । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो ।