बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीको फराकिलो अग्रता।

बर्दिया:= बर्दिया क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको समर्थन सहितको ‘व्याकअप’ उम्मेदवारको रुपमा चुनाव लडिरहेका स्वतन्त्र उम्मेदवार रेशम चौधरीको बुवा लालविर चौधरीले अन्य पार्टीको उम्मेदवार भन्दा ४ हजार भन्दा बढी मत अन्तरले अग्रता कायम गरेका छन् ।

लालविर चौधरीले १२ हजार ८८७ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले ८ हजार २०२ मत पाएका छन् । चौधरी र पन्थबीचको मत अन्तर ४ हजार ६८५ छ। नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौरले ४ हजार ६७८ र राप्रपाका उम्मेदवार विनय रावलले २ हजार ६३२ मत पाएका छन् ।