फिफा विश्कवप-२०२२ फुटबल: इङ्ल्यान्डले इरानलाई ६-२ गोलले हरायो।

एजेन्सी (कतार):= बुकायो साकाको दुई गोलप्रेरित इङ्ल्यान्डले कतारमा आयोजित फिफा विश्कवप-२०२२ फुटबल प्रतियोगितामा इरानमाथि ६-२ को जित निकालेको छ। सहज जितसँगै इङ्लिस टोलीले विश्वकपमा सुखद् सुरुवात गरेको छ।

गारेथ साउथगेटको टोलीलाई सहज जित दिलाउन साकाले दुई गोल गर्दा जड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरेका थिए। कप्तान ह्यारी केनले दुई गोलको अवसर सृजना गरेका थिए । इरानका मेहदी तारेमीले दुई गोल फर्काए। जितसँगै इङ्ल्यान्डले समूह ‘बी’मा तीन अंक जोडेको छ।