डिसहोमले फिफा विश्वकप फुटबल प्रतियोगिताको प्रशारण गर्ने।

काठमाडौं ::= डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिसहोम सुरु गरेको छ । डिसहोमले फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ ।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरूको गतिविधिलाई मध्यनजर गर्दै डिसहोमले धेरै उपहारसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियान जारी गरेको छ ।

अभियानमा सहभागी हुन सहभागीले डिसहोमको फेसबुक पेजमा गई पोस्ट म्याजिक मुमेन्टसमा उनीहरूको मनपर्ने टिम जस्तै म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।