एजेन्सी := स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप फुटबल-२०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
पोर्चुगल टोली
गोलकिपर – डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा
डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा
मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा
फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा




















