एजेन्सी := कतारमा हुने फिफा विश्वकपका लागि साविक विजेता फ्रान्सले टोली घोषणा गरेको छ । विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यसहित फ्रेन्च प्रशिक्षक डिडियर डेसच्याम्पसले बुधबार राती २५ ससद्यीय टोली घोषणा गरे ।
टोलीमा चोटबाट संघर्ष गरिरहेका म्यानचेष्टर युनाइटेडका डिफेण्डर राफाल भरान पनि समावेश छन् । गोलकिपर ह्युगो लोरिस चौथो पटक विश्वकपको टोलीमा समावेश छन् । भेट्रान फरवार्डद्वय करिम बेन्जेमा र ओलिभर जिरुड पनि टिममा छन् ।
चोटका कारण पउल पोग्बा र एनगोलो कान्टे यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । यी दुईको अनुपस्थिति फ्रान्सलाई महँगो पर्नसक्छ । फ्रान्सको फरवार्ड लाइन अनुभवी भएपनि मिडफिल्ड भने कम अनुभवी छ । मिडफिल्डरमध्ये एड्रिएन र्याबिओट सबैभन्दा अनुभवी हुन् । उनले २९ खेल खेलेका छन् ।
हेर्नुस् फ्रान्स टिमको नमावली :
गोलकिपर : अल्फोन्से अरेओला (वेष्टहम), ह्युगो लोरिस (टोटनहम), स्टिभ मनडान्डा (रेन्स)
डिफेण्डर : लुकास हर्नान्डेज (बायर्न म्युनिख), थियो हर्नान्डेज (एसी मिलान), प्रेसनेल किमपेम्बे (पेरिस सेन्ट जर्मेन), इब्राहिम कोनाटे (लिभरपुल), जुल्ड कोन्डे (बार्सिलोना), बेन्जामिन पाभार्ड (बायर्न म्युनिख), विलयम सालिबा (आर्सनल), डायोट उपामेकानो (बायर्न म्युनिख), राफेल भरान (म्यानचेष्टर युनाइटेड)
मिडफिल्डर : एडुवार्डो कामाभिंगा (रियल मड्रिड), युसुफ फोफाना (मोनाके), माटेओ गुएन्डोजी (मार्से), एड्रिएन र्याबिओट (युभेन्ट्स), अउरेलिएन चुवामेनी (रियल मड्रिड), जोर्डन भेरेटोटट (मार्से)
फरवार्ड : करिम बेन्जेमा (रियल मड्रिड), किंग्सले कोमन (बायर्न म्युनिख), उसमान डेम्बेले (बार्सिलोना), ओलिभर जिरुड (एसी मिलान), एन्टोनी ग्रीजमन (एट्लेटिको मड्रिड), किलिएन एमबाप्पे (पेरिस सेन्ट जर्मेन) क्रिस्टोफर एनकुन्कु (आरबी लाइपजिग)




















